Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पिएसजी र साबिक विजेता लिलबीच महाभिडन्त हुँदै, ४९ पटक आमनेसामने हुँदा कसको बढी जित ? (तथ्याङ्कसहित)

    पिएसजी र साबिक विजेता लिलबीच महाभिडन्त हुँदै, ४९ पटक आमनेसामने हुँदा कसको बढी जित ? (तथ्याङ्कसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) र साविक विजेता लिलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपालसयअनुसार शुक्रबार राति (शनिबार बिहान) १२ः४५ बजे शुरु हुनेछ।

    पिएसजी हाल ११ खेलमध्ये ९ खेल जित्दै २८ अंकका साथ शीर्षस्थानमा छ। उता लिलले भने यस सिजन खराब शुरुवात गरेको छ। लिलले ११ खेलबाट १५ अंक जोडेको छ र तालिकाको दशौँ स्थानमा छ।



    हालसम्म दुई टोलीबीच ४९ खेलमा भेट भएको छ। तीमध्ये २३ खेलमा पिएसजी विजयी भएको छ। १२ खेलमा लिलले जित निकालेको छ। १४ खेल भने बराबरीमा सकिएको छ।



    पिएसजी र लिलबीच पछिल्लोपटक अगस्टमा खेल भएको थियो। उक्त खेलमा लिल १–० गोलले विजयी भएको थियो।

    गत सिजन लिलले पिएसजीलाई १ अंकले पछि पार्दै उपाधि जितेको थियो। लिलले ३८ खेलबाट ८३ अंक जोड्दै च्याम्पियन बन्दा पिएजसीले ८२ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार