Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गाँजाको झोला बोकेर भारत जाँदै गरेका दुई युवक सप्तरीबाट पक्राउ

    गाँजाको झोला बोकेर भारत जाँदै गरेका दुई युवक सप्तरीबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 2.1K
    SHARES

    सप्तरी  । नेपालबाट भारततर्फ लागूऔषध गाँजा लग्दै गरेको अवस्थामा दुई किशोर पक्राउ परेका छन् ।

    जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर २ कमलपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाँवाट खटिएको टोलीले २ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।



    ऋन टेष्ट अपाची आरटीआर १६० को मोटरसाइकलबाट भारततर्फ जाँदै गरेको अबस्थामा राजविराज नगरपालिका २ राजदेवी टोल बस्ने १५ वर्षीय अजय मण्डल र कञ्चनरुप नगरपालिका ९ लदबेधी टोलका १४ वर्षीय रुपेश यादवको साथबाट २ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।



    दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार