Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारततर्फ लैजाँदै गरेको १४ किलो गाँजासहित एक जना पक्राउ

    भारततर्फ लैजाँदै गरेको १४ किलो गाँजासहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.3K
    SHARES

    विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–१ बाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

    मोरङ प्रहरीले शनिबार बिहान १४ किलो गाँजासहित जहदा–१ का ३२ वर्षीय मुन्ना मलाहालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बिहान १ः३० बजेतिर गाँजा बरामद गरेर ओसारपसारमा संलग्न मलाहालाई पनि पक्राउ गरिएको हो।



    प्रहरीका अनुसार मलाहा लामो समयदेखि गाँजाको अवैध ओसारपसार एवं कारोबारमा संलग्न थिए , उनले नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाइछिपाइ ल्याएर नाका कटाएर भारत पुर्‍याउने धन्दामा उनी संलग्न रहेका हुन्।



    उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार