Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पूर्वीचितवनबाट ५३ किलो लागूऔषध गाँजासहित २ जना पक्राउ

    पूर्वीचितवनबाट ५३ किलो लागूऔषध गाँजासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 792
    SHARES

    चितवन । प्रहरीले पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेका छन् ।



    सोमबार बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको चितवन प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार