Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला

    दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 987
    SHARES

    झापा । प्रहरीले झापाबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषधसहित एक युवक लाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    कनकाई नगरपालिका-१ स्थित सडकमा मे ११ प २००३ नम्बरको मोटरसाइकल र प्र-१- ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक



    आपसमा ठक्‍कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले प्र–१–०१९०१३ प १६८६ नम्बरको मोटरसाइकललाई शंका



    लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लुकाई प्लाष्टिकको झोलामा ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उक्त मोटरसाइकलका चालक वीरेन्द्रलाई पक्राउ गरेको थियो ।

    दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार