Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सिराहाबाट ९२ किलो गाँजासहित तीन जना पक्राउ

    सिराहाबाट ९२ किलो गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 627
    SHARES

    सिराहा । प्रहरीले प्रतिबन्धित ९२ किलो अवैध लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

    जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका-१२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट सिराहा भगवानपुर गाउँपालिका-४ का ४४ वर्षीय शिवनाथ मण्डल,



    ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।



    सिराहा प्रहरीका अनुसार उनीहरूले चारवटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए ।

    पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार