Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

    अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 384
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । प्रहरीले करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठरहेका छन् ।



    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२-०४० प८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।



    यसैगरी काठमाडौं,चन्द्रागिरी नगरपालिका-२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २६ वर्षीय विपिन मगर पक्राउ परेका छन्।

    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार