Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ग्यास बुलेटको टुलबक्समा ७० किलो गाँजा, चितवनबाट दुई जना पक्राउ

    ग्यास बुलेटको टुलबक्समा ७० किलो गाँजा, चितवनबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 945
    SHARES

    चितवन । ग्यास बुलेटको सिटमुनी र टुलबक्समा लुकाइ राखेको गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    ग्यास बुलेटको अगाडिको भागको सिटमुनि र टुलबक्समा लुकाइ छिपाइ ल्याएको अन्दाजी ७० केजी गाँजा प्रहरीले नियन्त्रण गरेको हो ।



    पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी-७ का ४५ वर्षीय राजु वाइवा हुन्।



    भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार