Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • तीन सय ६३ केजी अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा,चालक फरार

    तीन सय ६३ केजी अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा,चालक फरार

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 543
    SHARES

    पर्सा । सशस्त्र प्रहरीले करीब ३ सय ६३ केजी अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।

    पर्साको ठोरी गाउँपालिका- ३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीको बिओपी ठोरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।



    मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।



    उक्त ट्रकका चालक प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए । बरामद गाँजा तथा ट्रक ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार