Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • माछा बोक्ने गाडीमा गाँजा, सर्लाहीबाट दुई जना पक्राउ

    माछा बोक्ने गाडीमा गाँजा, सर्लाहीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाबानि हेल्थ केयर अगाडिबाट प्रहरीले १ सय २६ किलो गाँजा बरामद गरेको छ ।

    सो गाँजा ओसारपसार गर्ने २ जनालाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता कृष्ण गिरीले अनलाइन नेपाललाई बताए ।



    पक्राउ पर्नेमा गाडी चालक धादिङ जिल्ला दिसुलेख गाउँपालिका वडा नम्वर ६ बस्ने २२ वर्षीय सुरेन्द्र वि.क. र मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नम्वर २ बस्ने ४८ वर्षीय भिमलाल मोक्तान रहेको छ ।



    पूर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्वरको योदा पिकअप (माछा बोक्ने) गाडिमा लागूऔषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरी टोलीले चेक जाँच गदाँ सो गाँजा बरामद गरेको थियो ।

    उनीहरुको साथबाट प्रहरीले ८५ हजार नगद पनि बरामद गरेको छ । उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार