Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिरहाबाट २८ किलो गाँजासहित तीन जना पक्राउ

    सिरहाबाट २८ किलो गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    सिरहा । प्रहरीले गोलबजारबाट २८ किलो लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर १ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी, वडा नम्वर २ बस्ने २१ वर्षीय शत्रुधन साह र महेशपुरपतार गाउँपालिका वडा नम्वर १ बस्ने ३२ वर्षीय दिपु साह रहेका छन्  ।



    घरमा लुकाई छिपाई गाँजा बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उक्त परिणामको गाँजा बरामत गरिएको प्रहरीको भनाइ छ ।



    २८ किलो गाँजा, जोख्ने तराजु, प्रदेश नं २–०१–००३ प. ५२१७ र स.५प.१०२० नं.को मोटरसाइकल बरामद गरेको सिरहा प्रहरीका प्रवक्ता एवं डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार