Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाले दिए पदबाट राजिनामा

    बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाले दिए पदबाट राजिनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.5K
    SHARES

    हेटौंडा । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिएका छन् । उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिएका हुन् ।

    नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएका हुन् ।



    एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।



    मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार