Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पिएसजीले साबिक विजेता लिललाई हरायो : मेसी र नेयमारले गर्न सकेनन् गोल

    पिएसजीले साबिक विजेता लिललाई हरायो : मेसी र नेयमारले गर्न सकेनन् गोल

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 2.7K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले साबित विजेता लिललाई हराएको छ। शुक्रबार राति भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा पिएजसीले लिललाई २–१ गोलले पराजित गरेको हो।

    पिएसजीका जितमा कार्क्वीनोस र एन्जेल डी मारियाले गोल गरेका थिए। लिलका लागि जोनाथान डेविडले गोल गरे। पिएसजीको घरेलु मैदान पार्क देस प्रिसेन्स पाहुना टोली लिलले शुरुवाती अग्रता बनाएको थियो। डेविडले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए।



    पहिलो हाफमा लगातारको प्रयासपछि पनि पिएसजी खेलमा फर्कन सकेन। दोस्रो हाफको ७४ औं मिनेटमा मार्क्वीनोसले गोल गर्दैै घरेलु टोलीलाई खेलमा फर्काए।
    बराबरीतिर धकेलिएको खेलको ८८ औं मिनेटमा डि मारियाले गोल गर्दै टोलीलाई स्पष्ट ३ अंक दिलाए।



    जितसँगै पिएसजीले १२ खेलबाट ३१ अंक बटुलेको छ। शीर्षस्थानको पिएजसी एक खेल कम खेलेको लेन्सलाई १० अंकले पछि पार्दै तालिकाको शीर्षस्थानमा छ। पराजित लिल समान खेलबाट १५ अंकका साथ १५ औं स्थानमा छ।

    अघिल्लो सिजन लिलले पिएजसीलाई १ अंकले मात्र पछि पार्दै लिगको उपाधि जितेको थियो। ३८ खेलबाट उसले ८३ अंक जोड्दै ट्रफी उचाल्दा पिएजसीले ८२ अंकका साथ दोस्रो स्थानमा चित्त बुझाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार