Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र बेलायती सांसदहरूबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र बेलायती सांसदहरूबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 4.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्यहरुले भेटवार्ता गरेका छन् । लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटमा बेलायती सांसदहश्र स्वराज पल, शेख र लेडी शेख रहेका थिए ।

    उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन् ।



    द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए । उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।



    प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोगको सराहना गरेका सचिव पौड्यालले बताए ।

    यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार