Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन

    प्रदेश १ का मुख्यमन्त्रीले दिए राजीनामा, कर्णालीका मुख्यमन्त्रीको पनि आउँदै

    प्रदेश १ का मुख्यमन्त्रीले दिए राजीनामा, कर्णालीका मुख्यमन्त्रीको पनि आउँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

    भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ ।



    पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।



    यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि राजीनामा दिन सकारात्मक भएको कांग्रेसी नेताहरुले बताउन थाले छन् । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको सञ्चारमाध्यमहरुलाई बताइसकेका छन् ।

    शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ ।

    तत्कालीन नेकपा विभाजित भएपछि बैशाखमा शाही सरकार अल्पमतमा परेको थियो । तर, पछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।

    त्यतिबेला कांग्रेसले ६ महिनापछि सत्ता लिने लिखित सहमती गरी शाही नेतृत्वको सरकार जोगाएको थियो । सोही कारण अहिले सहमति कार्यान्वयन गर्नुपर्नेमा कांग्रेसले जोड दिँदै आएको छ । शाहीले राजीनामा दिएको खण्डमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार