Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश १:

    नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले गरे ६ सदस्यीय मन्त्रिपरिषद् गठन

    नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले गरे ६ सदस्यीय मन्त्रिपरिषद् गठन

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    विराटनगर । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।



    नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक न्याय तथा कानूनमन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।



    नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुँदैछ ।

    ९२ सदस्यीय रहेको प्रदेश सभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार