Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : यी स्थानमा हल्का हिमपात हुने

    आजको मौसम : यी स्थानमा हल्का हिमपात हुने

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।



    यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।



    यसैबीच यस्तै बुधबार भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । यस्तै बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार