Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उत्तरी गोरखामा भारी हिमपात, करिब डेढ फिट हिउँ जम्यो !

    उत्तरी गोरखामा भारी हिमपात, करिब डेढ फिट हिउँ जम्यो !

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 486
    SHARES

    गोरखा । उत्तरी गोरखाको अधिकांश ठाउँमा भारी हिमपात भएको छ ।

    बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गए रातिदेखि भारी हिमपात भएको हो । बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको बताइएको छ ।



    यो हिमपात यो वर्षको अहिलेसम्मको ठूलो हिमपात हो।



    राम्ररी हिउँ परेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी भएका छन् ।

    उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार