Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मुगु र हुम्लाको उच्च लेकाली क्षेत्रमा हल्का हिमपात

    मुगु र हुम्लाको उच्च लेकाली क्षेत्रमा हल्का हिमपात

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 390
    SHARES

    मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र मुगुमा हल्का हिमपात भएको छ ।

    गए राति २ बजेदेखि मुगु र हुम्लाको उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको हो ।



    मुगुको पर्यटकीय गन्त्ब्य रारामा आधा इन्च हिउँ जमेको छ । मुर्मा, मुन्दु, माथितुम, चंखेली, बाम, सोभा, घुच्चीलेक क्षेत्रमा पनि हल्का हिमपात भएको छ ।



    मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि हल्का हिमपात भएको छ ।

    त्यस्तै हुम्लाको सिमकोट बजार क्षेत्रमा पनि हिमपात भएको छ । सिमकोट बजार क्षेत्रमा आधा इन्चसम्म हिउँ जमेपछि बजार क्षेत्र सेताम्य छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार