Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

    पाथीभरा क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ ।

    पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ ।



    चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् ।



    सामान्यतया यो बेला अरू समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङका अशोक खतिवडाले बताए । पाथीभरा जाने मार्गको ३ हजार १ सय मिटर उचाइमा पर्ने माथिल्लो फेदीदेखि नै हिमपात भएको उनको भनाइ छ ।

    पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ । आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको उनले बताए ।

    अबका केही सातासम्म पाथीभरा क्षेत्रमा हिमपात हुन्छ । यसका साथै आसपासका गाउँ बस्ती पनि हिउँमय हुने गरेका छन् । हिमपात भएपछि बाटो चिप्लो हुने गरेकाले तीर्थयात्रुहरु जाने क्रम यो बेला निकै कम हुने गरेको स्थानीय दुर्गा खनालले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार