Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अभिनेता शाहरुखले जन्मदिनकै दिन तोडे २० वर्ष पुरानो परम्परा

    अभिनेता शाहरुखले जन्मदिनकै दिन तोडे २० वर्ष पुरानो परम्परा

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । बलिउड बादशाह शाहरुख खान ५६ वर्षको भए। नोभेम्बर २ तारिखमा उनको जन्मदिन थियो। यस वर्ष शाहरुखको जन्मदिनमा अरु वर्षका भन्दा भिन्न भए। हरेक वर्ष शाहरुखलाई हेर्नका लागि जन्मदिनका अवसरमा ठूलो संख्यामा फ्यानहरुको ओइरो लाग्ने गर्छ।

    मुम्बईको बान्द्रास्थित शाहरुख बस्दै आएको भवनलाई मन्नत भनिन्छ। यस घरबाट बाहिर निस्किएर शाहरुखले आफ्नो समर्थकहरुलाई अभिवादन गर्दै जन्मदिन मनाउने गरेका थिए।



    तर, यसपटक प्रहरीले शाहरुखको घरमा समर्थकहरुलाई भेला हुन नै रोक लगाएको थियो। सञ्चारमाध्यमलाई पनि यस घरमा जान प्रहरीले रोक लगाएको थियो।
    यससँगै शाहरुखले आफूले २० वर्षदेखि आफ्ना फ्यानहरुलाई जन्मदिनको दिन भेट्ने नियम तोडेका छन्। तर यो नियम उनले चाहेर तोडेका हैनन्।



    उनका छोरा आर्यन खान भर्खरै मात्र ड्रग्स केसमा मुछिएका थिए। आर्यन अहिले जमानतमा रिहा भएका छन्। जसका कारण शाहरुखले यो पटकको जन्मदिन धुमधामसँग मनाएनन्। उनले आफ्ना छोरा आर्यन र परिवारसँग अलीबागस्थित आफ्नो फार्महाउसमा जन्मदिन मनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार