Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेरी प्रेमिका युलियासँगै देखिए सलमान खान, एकसाथ तस्वीर लिन किन मानेनन् ? (भिडियो)

    फेरी प्रेमिका युलियासँगै देखिए सलमान खान, एकसाथ तस्वीर लिन किन मानेनन् ? (भिडियो)

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 2K
    SHARES

    एजेन्सी । बलिउडमा दीपावली मनाउन थालिएको छ । मंगलबार राती निर्देशक रमेश तौरानीले आफ्नो घरमा दिवाली पार्टी आयोजना गरेका थिए । जहाँ बी टाउनका चर्चित स्टारहरु पुगेका थिए । यस पार्टीको शान बढाउन सलमान खान पनि पुगेका थिए । पार्टीमा उनकी कथित प्रेमिका युलिया वन्तुर पनि देखा परिन् ।

    सलमान–युलियाले सँगै पोज दिएनन्



    सलमान खान र युलिया वन्तु दिपावली पार्टीका लागि रमेश तौरानीको घर पुगेका थिए । दुवैले पार्टीमा छुट्टाछुट्टै प्रवेश गरे । उनीहरुले मिडियासामु सँगै पोज समेत दिएनन् । हालै यी दुवै आयुष शर्माको जन्मदिनको पार्टीमा सँगै पुगेका थिए ।



    तर यहाँ पनि तिनीहरूले पापाराजीको लागि सँगै पोज दिएनन्। कारबाट बाहिरिएपछि युलिया सिधै कार्यक्रम स्थलमा गएको देखियो । जब सलमान मिडियालाई पोज दिइरहेका थिए ।

    अहिले सलमान र युलियाको यो नयाँ समीकरण पापाराजीको अगाडि देखिएको छ । जहाँ उनीहरु सँगै आउँछन् तर मिडियालाई फरक पोज दिन्छन् । अब यसको पछाडी के कारण छ, उनीहरुले नै बताउन सक्छन् । सलमान खान र युलिया लामो समयदेखि डेटिङ गरेको खबर बाहिर आएको छ । उनीहरुले आफ्नो सम्बन्धको पुष्टि गरेका छैनन् ।

    रमेश तौरानीको दिपावली पार्टीको कुरा गर्दा यहाँ सलमान खान कालो शर्ट, जिन्समा देखिएका थिए । यसै क्रममा युलिया का लो रंगको साडीमा निकै सुन्दर देखिइन् । यस पार्टीमा आयुष शर्मा, अतुल अग्निहोत्री, पुलकित सम्राट, कृति खरबन्द, एकता कपूर, बबी देओल, तुषार कपूर, मीजान जाफरी, साकिब सलीम, आफताब शिवदासानी पनि देखिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार