Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

    मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाएका छन्।

    प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उनले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    बुधैबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजिनामा स्विकृत भएको बताइएको छ ।



    तत्कालीन मुख्यमन्त्री शेरधन राईले एमाले निकट वरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार