Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विराटनगरस्थिति प्रदेशसभा आसपासमा निषेधाज्ञा जारी, धर्ना तथा प्रदर्शन गर्न नपाइने

    विराटनगरस्थिति प्रदेशसभा आसपासमा निषेधाज्ञा जारी, धर्ना तथा प्रदर्शन गर्न नपाइने

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 489
    SHARES

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ ।

    प्रदेश नं १ को प्रदेशसभामा नामकरणको विषय छलफल हुने भएपछि प्रदेशसभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।



    विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीज्यूको निवास वरवर नामको टुङ्गो नलागेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।



    नामकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्थाबाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

    प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार