Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लक्ष्मीपूजाको दिन अत्याधिक पटका पट्काउँदा संसारकै प्रदुषित सहर बन्यो दिल्ली

    लक्ष्मीपूजाको दिन अत्याधिक पटका पट्काउँदा संसारकै प्रदुषित सहर बन्यो दिल्ली

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । धनधान्यकी देवी लक्ष्मीपूजाको दिन अत्याधिक पटका पट्काउँदा भारतको राजधानी नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ।

    बिहीबार राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।



    समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको छ।



    सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको हो।

    स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार दिउँसो दिल्लीको एयर क्वालिटी इन्डेक्स ३९२ छ।

    एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।

    आज दिल्लीको वायु प्रदुषण कातक अवस्थमा पुगेको छ । अत्याधिक पटका पट्काउँदा पनि दिल्ली प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्दा वायु प्रदुषण बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार