Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • र्‍यापर ट्राविस स्कटको कन्सर्टमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

    र्‍यापर ट्राविस स्कटको कन्सर्टमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकाको ह्युस्टनमा ट्राविस स्कटको एस्ट्रोवर्ल्ड कन्सर्टमा भागदौड हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। सो घटनामा अन्य कैयौं घाइते भएका छन्।

    त्यहाँका अधिकारीहरुका अनुसार भीड स्टेजतर्फ जान थालेपछि मानिसहरुबीच भागदौड भएको थियो। यो कार्यक्रममा करिब पचास हजार मानिसहरुको सहभागिता रहेको थियो।



    दुर्घटनाका क्रममा हृदयघातका कारण ११ जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमध्ये ८ जनाको मृत्यु भएको हो। कार्यक्रममा सहभागी कम्तीमा तीन सय जनालाई चोटपटक लागेको छ।



    स्थानीय राजनीतिज्ञ र ह्यारिस काउन्टीकी न्यायाधीश लीना हिडाल्गोले घटना धेरै दुखद भएको बताएकी छिन्। उनले रमाउने यस्ता कार्यक्रममा ज्यान नै जानु दुखद भएको उनको भनाइ छ।

    ह्युस्टन फायर चीफ स्यामुएल पिएले स्थानीय समय अनुसार शुक्रबार राति ९ः१५ बजे भागदौड सुरु भएको बताए । उनले पत्रकारहरुलाई भने, ‘भीड अगाडिको स्टेजतर्फ जान थालेपछि मानिसहरुबीच भागदौड भएको थियो ।भीडमा रहेका मानिसहरूले दमन गर्न थालेपछि उनीहरूको त्रास बढ्न थाल्यो।

    ट्राविसले सुरक्षाकर्मीलाई मानिसहरूलाई चोटपटक नलागोस् भनी सुनिश्चित गर्न र भीडबाट बाहिर निकाल्न आग्रह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार