Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इराकका प्रधानमन्त्रीको हत्या गर्ने प्रयास, निवासमा ड्रोन हमला

    इराकका प्रधानमन्त्रीको हत्या गर्ने प्रयास, निवासमा ड्रोन हमला

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको हत्या गर्ने प्रयास भएको छ। उनको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको बीबीसीले जनाएको छ।

    समाचार एजेन्सी रोयटर्सले पनि प्रधानमन्त्रीको निवासलाई लक्षित गरि हमला गरिएको जानकारी दिएको छ। इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको तर उनी सुरक्षित रहेको जानकारी दिएको छ।



    सेनाले विज्ञप्तिमार्फतथ त्यहाँको अवस्थाबारे जानकारी दिँदै हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको उल्लेख गरेको छ। प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको सरकारी अधिकारीले जनाएका छन्।



    प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन्। हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार