Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • न्युजिल्याण्ड विश्वकपको सेमिफाइनलमा, भारत समूह चरणबाटै बाहिरियो

    न्युजिल्याण्ड विश्वकपको सेमिफाइनलमा, भारत समूह चरणबाटै बाहिरियो

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । न्युजिल्यान्ड आइसिसि टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो।

    न्युजिल्याण्ड सेमिफाइनलमा स्थान बनाएसँगै भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन्।



    जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४२ बलमा ३ चौका ४० रनमा अविजित रहे। डेभन कन्वे ३२ बलमा ४ चौका सहित ३६ रनमा अविजित रहे। ओपनर डर्याल मिचेलले १७ रन बनाए। ओपनर मार्टिन गुप्टिललाई २८ रन जोडे।
    अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले १–१ विकेट लिए ।



    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले ४८ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको इनिङ खेले । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

    न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। एडम मिल्नेले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए। टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। ईश सोधी र जेम्स निशमको नाममा १–१ विकेट रह्यो।

    सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका छन्। सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन्।

    आज हुने दोस्रो खेलको नतिजाले समूह २ को विजेता र उप विजेताको निर्धारण हुने। आज राती पाकिस्तान स्कटल्यान्डसँग पराजित भएमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ। पाकिस्तान विजयी भएमा समूह विजेता बन्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार