Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १० बुँदे सहमति विपरीतका बैठक अवैध र अमान्य : भीम रावल

    १० बुँदे सहमति विपरीतका बैठक अवैध र अमान्य : भीम रावल

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० सहमति विपरीतका बैठक अवैध र अमान्य हुने बताएका छन्। उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका हुन्।

    ‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ,’ मंगलबार बिहान ट्वीट गर्दै रावलले भने, ‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’



    १० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् । हाल एमालेले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई तोकिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार