Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पहिलो ई-पासपोर्ट संस्कृतिविद् सत्यमोहन जोशीलाई

    पहिलो ई-पासपोर्ट संस्कृतिविद् सत्यमोहन जोशीलाई

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । सरकारले आज (मंसिर १ गते) देखि ई पासपोर्टको परीक्षण वितरण थालेको छ।

    यसैबीच सरकारले पहिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।



    बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जोशीलाई पहिलो ई-पासपोर्ट प्रदान गरेका हुन्।



    ई पासपोर्टको आजबाट परीक्षण वितरण थालिए पनि राहदानी विभागले ई पासपोर्ट वितरण कार्य एक साताभित्रै नियमित र पूर्ण सेवामा परिणत गर्ने जनाएको छ ।

    सरकारले हाल चल्तीमा रहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्टलाई अघि बढाउन गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरिएको थियो ।

    गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता ई-पासपोर्टका लागि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार