Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एसपीपीबारे सांसदको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्रीले भने-मन्त्री नै आएर बोलेपछि विश्वास गर्नुस्

    एसपीपीबारे सांसदको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्रीले भने-मन्त्री नै आएर बोलेपछि विश्वास गर्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 819
    SHARES

    काठमाडौं । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पठाइसकेको भनिएको पत्र सार्वजनिक गर्न सदनमा आवाज उठेपछि परराष्ट्रमन्त्री डा.नारायण खड्काले त्यसको जावफ दिएका छन् ।

    मन्त्री खड्काले जवाफ दिने क्रममा मन्त्रिपरिषद्ले गरेको निर्णय र मन्त्री स्वयंले सदनको रोस्टममा उभिएर बोलेको कुरालाई विश्वास गर्न सांसदहरूलाई अनुरोध गरेका छन् ।



    सदनमा पटकपटक गत ६ असारमा सरकारले एसपीपीमा सहभागी नहुने भनेर गरेको निर्णयबारे अमेरिकालाई जानकारी किन नगराएको भनेर प्रश्न गरिरहेका थिए । आज त्यसको जवाफ दिँदै मन्त्री खड्काले उक्त पत्र ९ साउनमा नै कूटनीतिक च्यानलमार्फत पठाइसकेको जानकारी दिएका थिए ।



    त्यसपछि एमाले सांसद भीम रावल र शिवमाया तुम्वहाम्फेलगायत २० जना सांसदले उक्त पत्र सार्वजनिक गर्नुपर्ने आवाज उठाएपछि मन्त्री खड्काले उक्त जवाफ दिएका हुन् । ‘यसले राज्य सञ्चालन, स्वतन्त्र र स्वाधिन राष्ट्रलाई अगाडि बढाउन सघाउ पुर्‍याउँदैन,’ उनले भने, ‘मन्त्री नै आएर बोलेपछि विश्वास गर्नुपर्छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार