Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले अमेरिकालाई पठायो एसपिपी अघि नबढाउने पत्र

    सरकारले अमेरिकालाई पठायो एसपिपी अघि नबढाउने पत्र

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 891
    SHARES

    काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।

    परराष्ट्रमन्त्री  डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएका हुन् ।



    शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको स्मरण गराउँदै सोही अनुसार परराष्ट्र मन्त्रालयले कारवाही अघि बढाइसकेको प्रस्ट पारे ।



    मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उनले भने, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकार सक्षम रहेको मन्त्री खड्काले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार