Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो : अमेरिकी दूतावास

    एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो : अमेरिकी दूतावास

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ ।

    परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए ।



    मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त पत्राचारको सम्बन्धमा  पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले जवाफ दिएका हुन् ।



    ‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार ९नेपाल० को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार