Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पावोलोब्स्कीले खिचेको भाइरल हिउँ चितुवाको ‘फेक तस्बीर’ अमेरिकी दूतावासले हटाउने

    पावोलोब्स्कीले खिचेको भाइरल हिउँ चितुवाको ‘फेक तस्बीर’ अमेरिकी दूतावासले हटाउने

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 993
    SHARES

    काठमाडौं । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौंस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ ।

    आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार गरेको छ ।



    ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ ।



    अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो ।

    अहिले आएर फ्रान्सेली म्यागाजिन अल्पाइनले यो तस्बीर फेक भएको विषय सार्बजनिक गरेको छ ।

    अल्पाइनले विभिन्न विज्ञहरूको राय र प्रमाण सहित यो तस्बीर फेक भएको बताएको छ । अल्पाइनको यो रिपोर्ट सार्बजनिक भएपछि फोटोग्राफर कित्तिया सामाजिक सञ्जालबाट बेपत्ता भएकी छिन् । उनले आफ्ना सामाजिक सञ्जालका एकाउन्टहरु डिलिट गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार