Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दोहोरो नागरिकता बनाएर अमेरिका जान लागेका राई पक्राउ

    दोहोरो नागरिकता बनाएर अमेरिका जान लागेका राई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 906
    SHARES

    काठमाडौं । दोहोरो नागरिकता र दोहोरो राहदानी भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    दोहोरो नागरिकता भएका उदयपुर वेलका नगरपालिका-७ का ४१ वर्षीय ओम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।



    दोहोरो नागरिकता र दोहोरो राहदानी बनाई अमेरिका जान लागेको भन्ने गोप्य सूचनाको आधारमा अमेरिकी दूतावासको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो ।



    राईको साथबाट प्रहरीले अमेरिकन राजदूतावास नजिकबाट दुई वटा नागरिकता र राहदानी बरामद गरेको छ ।

    राईलाई नियन्त्रणमा लिई नागरिकता ऐन र राहदानी ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार