Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा

    सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।

    वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।



    ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन्।



    ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन्।

    उनले आफ्नो वेभसाइट मार्फत सन् २०२१ मा सगरमाथा राष्ट्रिय निकुञ्जमा गरिएको प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०२१ को तुलनामा हिउँ चितुवाको सङ्ख्या २६ प्रतिशतले बढेको निकुञ्जमा तीन सयभन्दा बढी हिउँ चितुवा रहेको समेत उल्लेख गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार