Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग

    एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

    बुधबार बसेको समितिको बैठकलेले मन्त्रिपरिषदको निर्णय र सरकारले संसद एवं समितिमा गरेको प्रतिबद्धताअनुसार किन पत्र नपाएको भन्दै जवाफ माग गर्ने निर्णय गरेको हो ।



    गठबन्धन सरकारले गत असार ६ गते एसपिपी सम्झौतामा सहभागी नहुने र त्यसबारे अमेरिकालाई परराष्ट्र मन्त्रालयमार्फत औपचारिक पत्र लेख्ने निर्णय गरेको थियो।



    उक्त निर्णयअनुसार अमेरिकालाई पत्र नपठाउँदा आशंका जन्मिएको भन्दै सांसदहरुले निरन्तर प्रश्न उठाइहरेका छन्। लामो छलफलपछि समितिको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले भनिन्, ‘अहिलेसम्म अमेरिकालाई पत्र नपाठाउनुको कारण माग गर्छौ।’

    समितिले एसपिपीबारे अहिलेसम्म भएका सम्पूर्ण कागजात उपलब्ध गराउन रक्षा र परराष्ट्र मन्त्रालयलाई चौथोपटक ताकेता गर्ने निर्णय पनि गरेको छ । यसअघि तीनपटक गरिएको आग्रहलाई अवज्ञा गरिएको जानकारी दिँदै सभापति निरौलाले परराष्ट्र र रक्षासँग एसपिपीका बारेमा भएका कागजात माग्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार