Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकी सहायक विदेश मन्त्री लु आज नेपाल आउँदै

    अमेरिकी सहायक विदेश मन्त्री लु आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आउँदै छन् ।

    नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनी नेपाल आउन लागेका हुन् ।



    यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउनको लागि पनि उनी काठमाडौं आएर सक्रिय भूमिका निर्वाह गरेका थिए ।



    उच्च कूटनीतिक स्रोतले दिएको जानकारी अनुसार अमेरिकी सहायक विदेश मन्त्री लू बिहीवार र शुक्रवार नेपालमा रहनेछन् । उनी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी अधिकारी हुन् ।

    तर उनको भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार