Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुको कालो झण्डा, तीन विद्यार्थी नेता पक्राउ

    उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुको कालो झण्डा, तीन विद्यार्थी नेता पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    उदयपुर । नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाएका छन् ।

    बिहीबार गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको बेला त्रियुगा हस्पिटलअघि उनीहरुले कालो झण्डा देखाएका हुन् ।



    कालो झण्डा देखाउनेहरु अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।



    यसअघि मंगलबार सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई काठमाडौँस्थित मन्त्री क्वाटर अगाडि र सभामुख अग्नि प्रसाद सापकोटालाई अनेरास्ववियुले कालो झण्डा देखाएको थियो।

    एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार