Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरोगेसीमार्फत् जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति जिन्टा

    सरोगेसीमार्फत् जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति जिन्टा

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । बलिउड अभिनेत्री तथा पन्जाव किंग्स इलाभेन (आईपीएल) टिमकी ‘ओनर’ प्रीति जिन्टाले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्।

    ४६ वर्षीया प्रीतिले सामाजिक सञ्जाल फेसबुकबाट आफू आमा बनेको जानकारी दिएकी हुन् ।



    सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘जीन र म अति हर्षित छौं, हाम्रो हृदय धेरै कृतज्ञता र धेरै मायाले भरिएको छ । किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चाहरू (जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ)लाई हाम्रो परिवारमा स्वागत गरेका छौं।’



    यस्तै, प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

    प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९ तारिखमा विवाह गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार