Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जब आलियालाई लिएर दीपिका पादुकोण पुरुषको बाथरुम छिरिन्

    जब आलियालाई लिएर दीपिका पादुकोण पुरुषको बाथरुम छिरिन्

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आफ्नो आगामी फिल्म ‘गहरिया’को प्रमोशनमा व्यस्त छिन् । फिल्मको प्रमोशनका क्रममा उनलेले यस्तो खुलासा गरेकी छिन्, जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ ।

    दीपिकाले आफूले पुरुषको बाथरुम प्रयोग गरेको र यस काममा आफूलाई एक चर्चित अभिनेत्रीले सहयोग गरेको बताएकी छन् । रिपोर्टकाका अनुसार उनी एक पटक कन्सर्टका क्रममा वाशरूम जानुपरेको तर केटीहरुको वासरुम पुग्दा बाहिर निकै लामो लाइन लागेको थियो । यस्तो अवस्थामा उनी पुरुषको वाशरूममा गइन् ।



    वास्तवमा, अन्तर्वार्ताका क्रममा दीपिकालाई एक प्रश्न सोधिएको थियो ।के तपाई  कुन अवस्थामा पुरुषको वाशरूम प्रयोग गर्नुहुन्छ ? अभिनेत्रीले यसको जवाफ दिनुअघि नै निर्देशक शकुन बत्राले शतप्रतिशत दीपिकाले यो गर्ने बताएका थिए । यसै क्रममा अनन्या पाण्डेले दीपिकाले वाशरूम सफा भएमा यो गर्न सक्ने बताइन् । अभिनेता सिद्धान्त चतुर्वेदीले दीपिकाले यस्तो नगर्ने बताएका थिए ।



    यसपछि दीपिकाले आफैंले यसबारे जवाफ दिँदै आफूले यस्तो गर्दा शकुन पनि साथमा रहेको बताइन् । बर्लिनमा कोल्डप्ले कन्सर्ट चलिरहेको थियो र हामीले गीतको आनन्द लिइरहेका थिएनौं । त्यतिबेला उनीसँगै आलिया भट्ट पनि थिइन् ।

    अभिनेत्रीले भनिन् कि आलिया र म त्यहाँबाट निस्कियौं र जब हामी बाथरुम पुग्यौं, हामीले बाथरुम बाहिर लामो लाइन रहेको देख्यौं। लामो लाइन देखेर हामी पुरुषको बाथरुमतिर दौडियौं तर त्यहाँ सरसफाई थिएन । तर हामीले त्यसको वास्ता गरेनौं ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार