Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चुम्बन प्रकरण: बलिउडकी शिल्पा सेट्टीले पाइन् १५ वर्षपछि सफाइ

    चुम्बन प्रकरण: बलिउडकी शिल्पा सेट्टीले पाइन् १५ वर्षपछि सफाइ

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1K
    SHARES

    एजेन्सी । भारतको एउटा अदालतले बलीउड अभिनेत्री शिल्पा सेट्टीलाई चुम्बनसम्बन्धी एउटा मुद्दामा १५ वर्षपछि सफाइ दिएको छ।

    हलीवुड अभिनेता रिचर्ड गेरले एउटा सार्वजनिक मञ्चमा चुम्बन गरेपछि त्यसबाट अश्लीलता फैलिएको आरोप अभिनेत्री शेट्टीमाथि लगाइएको थियो। सन् २००७ मा दिल्लीमा एड्ससम्बन्धी जनचेतना कार्यक्रमका क्रममा ती हलीवुड स्टारले अभिनेत्री सेट्टीको गालामा चुम्बन गरेको भिडिओ सार्वजनिक भएको थियो।



    अनावश्यक कुराको सिकार भएको भन्दै अदालतले सेट्टीमाथि लगाइएका आरोपलाई अहिले ‘आधारहीन’ भनेको छ। त्यस बेला कट्टरपन्थी हिन्दू समूहहरूले अभिनेत्री सेट्टीलाई गरिएको चुम्बनबाट भारतीय मूल्यमान्यताको अपमान भएको बताउँदै विरोध प्रदर्शनहरू गरेका थिए।



    भारतमा कतिपयले सार्वजनिक स्थलमा चुम्बन गर्नुलाई अवाञ्छित गतिविधिका रूपमा लिने गरेका छन्। झन्डै १५ वर्षअघि अभिनेता गेरले भारतको राजधानी दिल्लीमा अभिनेत्री सेट्टीलाई अङ्कमाल गर्दै उनको गालामा चुम्बन गरेका थिए। पछि उनले त्यसका लागि क्षमायाचना गरेका थिए।

    चुम्बनबाट एचआईभी सर्दैन भन्ने सन्देश पुर्‍याउन आफूले त्यसो गरेको उनले स्पष्ट पनि पारेका थिए। घटनापछि अभिनेता गेरविरुद्ध जारी गरिएको पक्राउपुर्जी सर्वोच्च अदालतले तत्कालै खारेज गरिदिएको थियो।

    ‘सस्तो लोकप्रियता’का लागि ती सेलिब्रिटीमाथि आरोप लगाइएको अदालतको ठहर थियो। तर भारतको अदालती प्रक्रियामा लामो समय चक्कर लगाएपछि गत साता मात्रै सोही चुम्बन प्रकरणलाई लिएर लगाइएका आरोप मुम्बईमा खारेज भएको हो।

    चुम्बन गर्न नदिन त्यस बेला पर्याप्त प्रतिरोध नगरेको भन्दै अभिनेत्री शेट्टीलाई दोषी ठान्नु उचित नभएको उनका वकिलहरूले तर्क गरेका थिए। सन् २००७ मा शिल्पा सेट्टी भारतबाहिर पनि चर्चामा आएकी थिइन्। त्यतिबेला उनी यूकेको टेलिभिजन रीआलिटी शो ‘सेलिब्रिटी बिग ब्रदर’ मा सहभागी भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार