Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘सिंघम अगेन’ मा दीपिका पादुकोणको लुक्स सार्वजनिक

    ‘सिंघम अगेन’ मा दीपिका पादुकोणको लुक्स सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 231
    SHARES

    एजेन्सी । बलिउड फिल्ममेकर रोहित शेट्टीले आगामी फिल्म ‘सिंघम अगेन’मा अभिनेत्री दीपिका पादुकोणको लुक्स सार्वजनिक गरेका छन्।

    दीपिकालाई कप–युनिभर्सकी ‘लेडी सिंघम’को अवतारमा देख्न सकिन्छ । ‘मेरो हिरो’ भन्दै निर्देशक शेट्टीले दीपिकाको एक्सन अवतार बाहिर ल्याएका हुन् ।



    फोटोको महत्वपूर्ण पक्ष के हो भने ‘सिंघम’को हुक–स्टेपलाई पुनर्सिर्जना गरिएको छ ।



    दीपिकाको फोटो सेयर गर्दै रोहित लेख्छन्, ‘मेरो हिरो रिलमा पनि र वास्तविकतामा पनि । लेडी सिंघम ।’ अभिनेत्रीको क्यारेक्टर लुक्स चाहिं गत वर्ष नै सार्वजनिक गरिएको थियो ।

    यो फिल्मलाई महिला प्रधान ‘कप–भर्स’ हुने भनिएको छ । भारतीय फिल्ममा पछिल्लो समय कप युनिभर्सको शैलीमा फिल्म निर्माणको ट्रेन्डको सुरुवात भएको छ ।

    ‘सिंघम अगेन’मा अजय देवगण, करिना कपुर, अर्जुन कपुर, अक्षय कुमार, टाइगर श्राफ र रणवीर सिंह पनि देखिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार