Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जेएनयूको सेक्स स्क्यान्डलबारे मन्त्रीको विवादास्पद टिप्पणी: राजीब गान्धीदेखि दीपिका पादुकोणसम्म जान्छन्

    जेएनयूको सेक्स स्क्यान्डलबारे मन्त्रीको विवादास्पद टिप्पणी: राजीब गान्धीदेखि दीपिका पादुकोणसम्म जान्छन्

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.5K
    SHARES

    नयाँ दिल्ली । भारत उत्तर प्रदेशस्थित योगी सरकारका राज्यमन्त्री ठाकुर रघुराज सिंहले जवाहरलाल नेहरू विश्वविद्यालयलाई लिएर विवादास्पद टिप्पणी गरेका छन् ।

    भारतीय संचारमाध्यमका अनुसार मन्त्री सिंहको उक्त टिप्पणीलाई लिएर सर्वत्र आलोचना भएको छ । मन्त्री सिंहले दिल्लीको जेएनयूमा सेक्स स्क्यान्डल भइरहेको र  त्यहाँ  राहुल गान्धीलगायत कांग्रेसका ठूला नेताहरूसहित अभिनेत्री दीपिका पादुकोण समेत जाने बताएका थिए।



    अलीगढमा मन्त्री रघुराजले भने, ‘जवाहरलाल नेहरू विश्वविद्यालय नेहरूकै रणनीतिमा बनेको थियो । जेएनयूमा सेक्स स्क्यान्डल चलिरहेको छ । जवाहरलाल नेहरू विश्वविद्यालयमा कम्युनिस्ट र देशद्रोहीहरू हुर्किएका छन् ।’



    ‘राष्ट्रविरोधीहरूले त्यहाँ सेक्स स्क्यान्डलहरू चलाउँछन्, जसमा राहुल गान्धी र दीपिका पादुकोण जस्ता ठूला व्यक्तिहरू जान्छन्। त्यहाँ राष्ट्रविरोधी मानिसहरू जम्मा भइरहेका छन्, तर ,हामी यी राष्ट्रविरोधी शक्तिहरूलाई आगामी दिनमा कुचल्नेछौं।’

    मन्त्री रघुराज यहीँ रोकिएनन्, उनले अलीगढ मुस्लिम विश्वविद्यालयमा हिन्दू विद्यार्थीका लागि उर्दू अनिवार्य नहुने बताए । हिन्दू विद्यार्थीहरू हिन्दी जान्छन्। हिन्दी पढ्नुपर्छ। साथै, यहाँ आरक्षणको प्रश्नमा उनले कांग्रेस सरकारले यसलाई अल्पसंख्यक विश्वविद्यालय बनाउन चाहेको बताए। यो हिन्दुस्तान विश्वविद्यालय बन्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार