Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दीपिका बनिन् फिफा विश्वकपको ट्रफी अनावरण गर्ने पहिलो भारतीय अभिनेत्री

    दीपिका बनिन् फिफा विश्वकपको ट्रफी अनावरण गर्ने पहिलो भारतीय अभिनेत्री

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 876
    SHARES

    एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को समापन समारोहमा ट्रफी अनावरण गरेकी छन् ।

    दीपिकाले आइतबार राति फिफा विश्वकप ट्रफीको अनावरण गरेकी हुन् । दीपिका यस्तो गर्ने पहिलो भारतीय बनेकी छिन् ।



    उनको उक्त समयको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दीपिका त्यहाँ आफ्ना पति रणवीर सिंहसँग पुगेकी थिइन् ।



    दीपिकाले स्पेनिस फुटबलर केर कासिलासको साथमा कार्यक्रममा प्रवेश गरेर ट्रफी अनावरण गरेकी हुन् । उक्त ट्रफी ६ दशमलव १७५ किलोग्रामको १८ क्यारेट सुन र मलाकाइटबाट बनेको छ ।

    केहीले मात्र ट्रफीलाई छुन र समात्न सक्छन्, जसमा पूर्व फिफा विश्व कप विजेताहरू र राष्ट्र प्रमुखहरू छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार