Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

    राजनीतिमा एकअर्कालाई खुल्याउने कार्य बन्द गरौँ : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 936
    SHARES

    चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् ।

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केसीले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए ।



    देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनको भनाइ छ ।



    कार्यक्रममा अध्यक्ष केसीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा अधय्स्ख उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, लोसपा अध्यक्ष महन्थ ठाकुर र माओवादी नेता लिलामणि पोखरेलको उपस्थिति रहेको थियो।

    महाधिवेशन पर्सि १२ गतेसम्म चल्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार