Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • मन्त्रीलाई आर्थिक सहयोग गर्ने ‘रिचार्जकार्ड व्यापारी’ विष्ट राखेपको बोर्ड सदस्यमा नियुक्त

    मन्त्रीलाई आर्थिक सहयोग गर्ने ‘रिचार्जकार्ड व्यापारी’ विष्ट राखेपको बोर्ड सदस्यमा नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले अघिल्लो सरकारका पालामा नियुक्त भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जना बोर्ड सदस्यलाई मंसिर ३ गते पदमुक्त गरेपछि खाली भएको उक्त पदमा आफूलाई सहयोग गर्ने र माओवादी केन्द्र निकटलाई नियुक्त गरेका छन् ।

    मन्त्री गहतराजले आज ८ जना नयाँ बोर्ड सदस्यहरुलाई नियुक्त गरेका हुन् । राखेपमा नयाँ सदस्यको नियुक्तिसँगै मन्त्री गहतराजको विरोध शुरु भइसकेको छ ।



    सरकार र मन्त्री निकटकाले राखेपको सदस्यमा नियुक्ति पाउने चलन पुरानै हो । राखेपलाई राजनीतिक दलले भर्ति केन्द्र बनाउँदा नेपालको खेल जगतले भनेजस्तो उपलब्धि हासिल गर्न नसकेको हामीमाझ छर्लङ्ग छ ।



    अहिले पनि मन्त्री गहतराजले त्यस्तै घटना पुनः दोहोर्याएका छन् । मन्त्री गहतराजले आज नियुक्त गरेका एक व्यक्ति त खेलकुद क्षेत्रमा कुनै पनि योगदान नै नभएको भन्दै विरोध शुरु भइसकेको छ ।

    राखेपमा खेलकुद क्षेत्रलाई बुझेको र योगदान पुर्याएको व्यक्ति नियुक्त भएको खण्डमा त्यसले गर्ने काम र त्यसबाट निस्कने नतिजा उत्कृष्ट हुने खेलकुदविद्हरुको बुझाई छ । तर, आज मन्त्रीले खेल क्षेत्रमा योगदान पुर्याएको भन्दा पनि आफूलाई आर्थिक सहयोग गर्ने व्यक्तिलाई नियुक्ति दिलाएपछि त्यसको नतिजा कस्तो हुने हो ? त्यो भने हेर्न बाँकी छ ।

    मन्त्री गहतराजले आज नियुक्त दिलाएका मध्ये एकजना रिचार्डकार्ड व्यपारी भएको खुलेको छ । टेलिकम्युनिकेसन डिलर्स अफ नेपालका अध्यक्ष रहेका नेपालगञ्जका स्थायी बासिन्दा दिपेन्द्र बिष्टलाई मन्त्री गहतराजले राखेपको बोर्ड सदस्य बनाएका हन् ।

    विष्टले खेलकुद क्षेत्रमा कुनै योगदान नपुर्याएको भएपनि मन्त्री गहतराजलाई भने ठूलै आर्थिक सहयोग गरेको बुझिएको छ । मन्त्री गहतराजलाई सहयोग गरेकै भरमा राखेपमा नियुक्ति पाउन सफल बिष्टले गहतराज खेलकुद मन्त्री नियुक्त हुँदा विभिन्न पत्रपत्रिकामा बधाई समेत छपाएका थिए ।

    मन्त्री गहतराजले विष्टलाई उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुनेगरी नियुक्ति दिलाएका हुन् । नेपालगञ्ज क्षेत्रमा काम गर्दै आएका विष्ट गहतराज मन्त्री भएपछि प्रायजसोः उनककै अघिपछि देखिन्थे ।

    मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतामा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनकप्रसाद बर्तौलालाई नियुक्त गरेका छन् भने साहसिक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुनेगरी मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनीत गरिएको छ ।

    त्यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनीत गरिएको छ । खेलकुद संघको सिफारिसमा अझै एक महिला मनोनीत हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार