Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राखेपका पाँचजना बोर्ड सदस्यको रिट खारेज

    राखेपका पाँचजना बोर्ड सदस्यको रिट खारेज

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 849
    SHARES

    फाइल फोटो

    काठमाडौं । आफ्नो बर्खास्तीविरुद्ध राखेपका पाँचजना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ ।

    योसँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ ।



    उच्चअदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बाहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको हो ।



    युवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो ।

    तीमध्ये रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर ८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

    उच्च अदालतले १० मंसिरमै प्रारम्भिक सुनुवाइपछि पदमुक्त गर्ने निर्णय लागू नगर्न युवा तथा खेलकुद मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

    अन्तरिम आदेशपछि पुनर्बहाली भएका ती सदस्यलाई गत वैशाख ९ गते बसेको राखेप बोर्ड बैठकमा आमन्त्रण गरिएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार