Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राखेपले गर्‍यो महिला बास्केटबल च्याम्पियनसिप खेल्ने नेपाली टिमलाई बिदाइ

    राखेपले गर्‍यो महिला बास्केटबल च्याम्पियनसिप खेल्ने नेपाली टिमलाई बिदाइ

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली महिला बास्केटबल टिमलाई बिदाइ गरेका हुन् ।



    खेलाडीमा सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।



    प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिफा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

    प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार