Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पुल्चोकको मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

    पुल्चोकको मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 516
    SHARES

    काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

    राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो ।



    मन्त्रीहरुका लागि ललितपुरको भैसेपाटीमा सुविधासम्पन्न आवास निर्माण भइरहेको छ। भैसेपाटीमा आवास निर्माण भएपछि हरिहर भवनको मन्त्री निवास खाली हुनेछ।



    खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरण भएपछि खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

    मन्त्री निवास सरेपछि हरिहर भवनमा रहेको आवासलाई न्यायाधीशहरुको आवास बनाउने भन्दै सरकारले यसअघि नै निर्णय गरेको विषय सार्वजनिक भएको थियो। हरिहर भवनस्थित हालको मन्त्री निवासमा १७ वटा भवन छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार